२८ भदौ, काठमाडौं 

पूर्व-पश्चिम र हुलाकी राजमार्गमा सुविधासम्पन्न ‘सेमी नमूना’ पेट्रोल पम्प बनाइने भएको छ । कार्डबाटै नगद भुक्तानी गर्नेदेखि सुविधा सम्पन्न पार्किङ, उच्च गुणस्तरको अग्नि सुरक्षा प्रविधि र खाजा घरसहितको २० वटा पम्प खोल्ने प्रक्रिया अघि बढाइएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।

यसअघि भैरहवामा निर्माण गरेर निगमले सञ्चालनमा ल्याएको प्रकृतिकै थप २० वटा पम्प खोल्न लागिएको उपाध्यायको भनाइ छ । पम्प स्थापनाबारे थप अध्ययन गर्न निगमकै आपूर्ति तथा वितरण विभाग उपनिर्देशकको संयोजकत्वमा समिति पनि गठन गरिएको छ ।

Comments

Leave a comment