वैशाख ६-पाल्पा बगनासकाली 

नेपाल मात्र हैन अहिले कोरोना रोकथामको लागि बिश्वका करिब रास्ट्रहरुमानै लकडाउन घोषण गरिएको छ जस कारण  हाम्रो देसमा पनि जनजिबन प्रभावित हुन गएको छ ।

तर राज्यले मानिसहरुको दुरि कायम गर्ने मनसायले लकडाउन गरेता पनि दैनिक उपभोग्य सामग्री र अत्यावश्यक सामाग्री उत्पादन ढुवानी मा कुनै रोक लगाएको छैन निस्चित सवारी साधनलाई यस्ता सामाग्री ढुवानीमा कुनै समस्या नहोस भनी ढुवानी पासको समेत घँषणा गरेको छ । 

सरकारले यस्ता उधोग कलकारखानालाई पनि विशेष छुट को ब्यबस्था गरेको छ जसकारण बजार मा कुनै सामानको अभाब नभएको र कुनै सामाग्री को मूल्य न बढाईएको दाबी गरि पनि गरेको छ । 

त्यस्तै सरकारले कहि कतै कुनै सामानको मूल्य बिर्दी गरेमा या कालोबजारी भएमा सरकार समक्ष उजुरी गर्न जनतालाई सहज होस भनेर छुट्टै  ११३७ मा कल गरि उजुरी गर्ने प्रवन्ध पनि मिलाएको छ ।

यस्तैमा कतिपय गरिब घर परिवार मा छाक टार्न गारो भएको भनी राहात बितरण गरि मानविय भुमिका सरकार वाला निकाय ,स्थानीय  तह ,विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्था र कतिपय ब्यक्ती विशेषले पनि देखाई भभरहेका छन ।

अबस्य पनि यो समय एकले अर्कोलाई सहयोग  गरि समस्याको सामना गर्नु प्रने समय हो ।

तर पाल्पा जिल्ला बगनासकालीकाली गाउँपालिका वडा न ५ वरपर का केही पसलहरुले त्यहाँका जनताहरुमा लकडाउनको कारण बजारमा सामानको मूल्य वृद्धि भएको ढुवानीमा यो समयमा समस्या हुदा बढी मूल्य तिर्नु परेको भन्ने बाहाना पारी सरकारले तोकेको मूल्य भन्दा चर्को मुल्यमा सामान बेच्ने गरेको स्थानीय हरुको गुनासो आएको छ ।

 हामी स्थानियको गुनासो आएपछि  त्यहाँ पुग्यौं त्यहा केही पसलहरुमा बुझ्दा बजारमा ७५/८० पर्ने चिनीलाई ९५ /९७ त्यस्तै बजार मूल्य २४०/५० प्रने आटाको मूल्य ३०० त्यस्तै खने तेल लगायत सामाग्री मा अधिक मूल्य असुलेको पायौं त्यस्तै बजार मूल्य १३७५ प्रने ग्यास को मूल्य १५०० सम्म असुलियको पनि पाहिएको छ भने कतै कतै बजार बाट डिजल पेट्रोल ल्याई मिनरल वाटरको बटल मा राखी ९६ प्रने पेट्रोल लाई १४०/५० सम्म बेच्ने गरेको पनि पाहिएको छ ।

Comments

Leave a comment