साउन -६ , पाल्पा 

पाल्पा जिल्लाको बगनाअकाली गाउँपालिका वडा न ४ मा कोरोनाको माहामारिको यस्तो समयमा  गम्भीर लापरबाही भएको देखिएको छ । आज त्यहाँका स्थामियका अनुसार ६/७ दिन अगाडि मात्र भारत बाट आएका एक ब्यक्ती मदिरा सेवन गरि गाउँमा होहल्ल गर्दै मातेर बाटोमा सुत्दै आफ्नो गाउँमा मात्र नभएयर अन्य अन्य गाउँमा समेत डुल्ने गरेको बताएका छ्न ।

कोरोनाको महामारीको कारण हाम्रो देश पनि अहिले थलिएको छ देशमा अहिले १८ हजार भन्दा बढि सन्क्रमित भै सकेका छ्न भने ४१ जनाले ज्यान गुमाई सकेका छ्न । सरकार्ले कोरोनाकै कारण लामो समय देखि लागू गरिएको लकडाउन हटाएको छ । त्यसतैै सरकारले कोरोनाको जोखिम समाजमा नफैलियोस भनेर भारत र अन्य मुलुक बाट आएका ब्यक्तिलाई क्वारेन्टाइनबानाई छुट्टै राखेको थियो तर यो लामो समय सम्म भएको कारण  अब  त्यस्ता स्थान बाट आउने ब्यक्तिलाई होम क्वारेन्टाइनमा सरकारले बनायको आचार समिता भित्र राख्ने र बस्ने निर्देशन दिएको थियो ।

सरकारले यस्को निगरानी गर्ने जिम्म स्थानिय तहलाई नै दिएको थियो तर यहाँ  यसरी भारत बाट आएको ब्यक्ती मदिरा सेवन गरेर बाहिरि गाउँमा पुग्दा समेत स्थानिय निकायको ध्यान नपुगेको र यस्तो गर्दा भोलि समाजमा नै कोरोना फैलियर झन महामारी फैलन सक्ने भन्दै स्थामियले चिन्ता ब्यक्त गर्दै यस्ता ब्यक्ती र गैर जिम्मेवार जनप्रतिनिधिला कारवाही को माग गरेका छ्न ।

 

Comments

Leave a comment