२२ भदौ, काठमाडौं । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह छन् ।

गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतने  बताए अनुसार २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको हो ।

Comments

Leave a comment