भदौ ७ कपिलवस्तु । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाणगंगामा  आज भएको सडक दुर्घटनामा १ जना महिलाको मृृृृृृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय पिपराका अनुसार पुर्वबाट पश्चिम जाँदै गरेको लु.१ च. ५७९६ नम्बर जिप (पिकअप) ले  पैदलयात्रीलाई ठक्कर दिदाँ वाणगंगा नगरपालिका ७ बनगाई निवासी  लक्ष्मी देवी कोईरालाकाे मृत्युु भएको हाे ।ईलाका  प्रहरी कार्यालयका अनुसार सडकमा हिँडिरहेकाे अवस्थामा महिलालाई जिप (पिकअप) ले ठक्कर दिएको थियो । घाईते ७१ वर्षीया महिलालाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा पठाईएको भए पनि उपचारको क्रममै मृत्युु भएकाेे  हो .

 उक्त गाडी सहित चालकलाई नियन्त्रणमा लिएको  ईप्रका पिपराका प्रहरी निरिक्षक आयुष जाेशिले बताउनुभयो  ।

Comments

Leave a comment