बाग्लुङ भाद्र २६ 

   केहि दिन आगाडी   बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिकामा  अकल्पनीय ढङ्ग वाट आएको वाढीकाराण घरबार गुमाएकाहरुलाई   राहत सामग्री र सहयोग रकम जुटाउने क्रम विभिन्न संघ संस्था र राजनीतिक दलले तीव्र बनाइरहेका छन् तर सडक भत्किएकै कारण पीडितलहरु समान सहज रुपमा राहत पुग्न भने सकिरहेको छैन  |

नेकपा बागलुङले बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले १९ लाख ५८ हजार रुपैयाँ सहयोग संकलन गरेको छ, बागलुङ उद्योग वाणिज्य संघ लगायतका संस्थाले पनि राहत उठाएका छन् । नेकपाले संकलन गरेको उक्त रकम बिहीबार ढोरपाटन बोबाङ्का बाढीपीडितको लागि ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरिएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए ।

बाढीपहिरोबाट परिवारका सदस्य गुमाएकाहरुको लागि आवासको व्यवस्था र पीडितका लागि आवश्यक राहतका लागि नेकपा सधैँ पीडितहरुकै साथमा रहेको समेत अध्यक्ष सापकोटाले बताए । पार्टीले जिल्ला स्थित विभिन्न पालिकामा अभियान चलाएर संकलन गरेको रकम एकमुस्ट ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेको नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरेले बताए ।

राहत रकम हस्तान्तरण कार्यक्रममा संघिय सांसद मनकुमारी केसी, सूर्य पाठक, नेकपा बागलुङ इन्चार्ज बलावती शर्मा, प्रदेश सांसद दीपा रोका, नेकपा गण्डकी सचिव गोविन्द नेपाली लगायतको उपस्थित रहेको थियो ।

Comments

Leave a comment