वैशाख २ बागलुङ 

बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा मंगलबार विहान ३ बजेको परेको चट्याङले लागेर ३ जना घाइते भएका छन् ।रेशको कुँवर थरमा रहेको २४ वर्षीया पवित्रा कुँवरको घरमा परेको चट्याङले लागेर कुँवर सहित उहाँका ८८ वर्षीय ससुरा लाल बहादुर कुँवर र पवित्राका साडे २ वर्षका छोरा टिका कुँवर घाइते हुनुभएको हो ।उहाँहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी हेम केसीले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था समान्य रहेको छ । चट्याङले कुँवरको घरको ढोका र छानोमा पूर्ण रुपमा क्षती पुगेको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । आदर्श सञ्चार अनलाईनबाट

गएराति परेको असिनापानीका कारण पर्वत र बागलुङमा करोडौंको क्षति पुगेको छ ।

पर्वतको जलजला र मोदी गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकामा भीषण असिनापानी परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । यस वर्ष यो चौथोपटक ठूलो असिना परेको हो ।

असिनाले खेतबारीमा लगाएका मकै, भित्र्याउन तयार भएको गहुँबाली, फलफूल र तरकारीमा ठूलो क्षति पुर्याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए ।

उनका अनुसार, यतिबेला फल लाग्न थालेको सुन्तलामा ठूलो नोक्सानी पुगेको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको पर्वतको देउपुरमा असिनाले धेरै क्षति पुर्याएको उनले बताए ।

Comments

Leave a comment