नन्दु यादव भाद्र २९नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउँपालिकामा अाज बालदिवसकाे अवसरमा बाताबरणीय सरसफाई तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । संवाद किशोर किशोरी सञ्जालकाे अायाेजना तथा ए बि सि नेपाल ,स्ट्राेम फाउन्डेसन र सरावल गाउँपालिकाे सयुक्त सहयोगमा कार्यक्रम सम्पन्न भएको हाे। सञ्जालका अध्यक्ष महेश यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथता मा कार्यक्रम सम्पन्न भएकाे हाे। संवाद किशोर किशोरी सञ्जालकि सदस्य दुर्गा बिककाे स्वागत मन्तब्य रहेकाे थियाे भने सरावल गाउपालिका अधिकृत बुध्द प्रकाश पाैडेल, उपाध्यक्ष उत्तमा राय , सकल्प प्रतिष्ठान का अध्यक्ष सुशान्त शर्मा घिमिरे लगायत ले बाेल्नु भएकाे थियाे ।

 

कार्यक्रम बाेल्दै प्रमुख अतिथ चाैधरीले यस बाल दिवसकाे अवसरमा बाताबरणिय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम बाट काेराेना भाईरस बाट बच्ने उपायहरुकाे साथै बाल अधिकारका बारेमा जानकारी हुने कुरामा जाेड दिनु भएको थियोे। समाजमा भईरहेका विभिन्न तरिकाबाट बाल शाेषण लाई निर्मुल पार्नु पर्ने अावश्यकता रहेकाे बताउनु भयाे। चाैतर्फि सहयाेग ले मात्र बाल शाेषण न्युनिकरण गर्ने सक्ने भएकाेले सबैले अाअाफ्नाे स्तरबाट बाल शाेषण लाई न्युनिकरण गरि अगाडि बढनुपर्ने कुरामा जाेड दिनु भयाे। अाउने दिनमा थप याेजना का साथ बालबालिकाहरुकाे अधिकार सुरक्षित गराउन गाउपालिका ले सदैव तयार रहेकाे समेत बताउनु भयाे ।कार्यक्रमलाई सन्दिप बिक सन्चालन गर्नुभएको थियाेे।

Comments

Leave a comment