भदौ २९ काठमान्डौ, नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बालदिवसको रुपमा मनाउने गरेको छ | खासगरी बालबालिकाको बिकास तथा कल्याणमा बालदिवसले इट्टा थप्ने काम गरेको छ, तर जतिपनि बालबालिकाको लागि बिभिन्न हक प्रत्याभुत गरेतापनि कार्यन्वयनको पाटो फितलो भैदिदा कैयौं बालबालिका आफुले पाउने हक र अधिकार बाट बन्चित हुँन बाध्य भएका छन |

नेपाल संबिधान २०७२ ले बालबालिकाको हकलाई प्रत्याभुत गरेको छ | धारा ३१ ले बालबालिकाको मुख्य अधिकारलाइ उल्लेख गरेको छ, जसमा बालबालिकाको हितका लागी परिवार तथा राज्य बाट शिक्षा स्वस्थ्य उचित स्याहार खेलकुद मनोरंजन तथा ब्याक्तिव्व बिकासको हक,बाल बिवाह गैर कानुनी ओसारपसार तथा अपहरण बिरुद्धको हक,अनुकूल न्यायको हक,विस्तापित एवम् जोखिममा रहेका रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुबिधा पाउने हक आदि बिभिन्न अधिकार हरु उल्लेख गरिएको छ |

प्रत्येक वर्ष बालदिवस मनाउदै गर्दा अधिकार र हकको बिषयमा जति नै चर्चा परिचर्चा गरेपनि बालबालिकाहरु उही अवस्थामा रहन बाध्य रहेका छन्, बालबालिकाले आफुले पाउने अधिकार बाट बन्चित भई कैयों बालबालिका  सडकमा भौतारिदै हिड्न र सडकमै रात बिताउन बाध्य छन् त कति बालश्रम,शोषण र बेचिन पुगेका छन् , अनाथ र असाहाय बालबालिका लागि बिभिन्न आश्रमहरु बनेपनि व्यवस्थित हुन नसक्दा झन् जटिल अबस्थाहरु सिर्जना हुन पुगेको छ, बालबालिका देशका लागि महत्वपूर्ण अङ्ग हुन उनीहरुको लागी ब्यवास्थित नियम र कानुन बन्न नसक्दा प्रत्येक वर्ष बिभिन्न नारा सहित मनाउने बालदिवस फिक्का लाग्न थालेको महसुस भएको छ | प्रत्येक वर्ष बालबालिका माथि हुने अत्याचार,हिंसा यौन शोषण  जस्ता अमानवीय घटनाहरु बढिरहेका छन्  | बालदिवसको यस दिनलाई औपचारिकता मा मात्र सिमित नराखी थप उपलब्धिमुलक बनाउन सकेमा बालबालिकाको हितको सन्दर्भमा टेवा पुग्ने थियो |  यसको लागि सरकार ले बालदिवसको दिन मात्र नभएर हरेक परिस्थितिमा बाल अधिकारको लागी लागि पर्न जरुरि देखिन्छ |

Comments

Leave a comment