नवलपरासी भदौ २७

"सेवा र भलो गर्ने काम मा हामी कहिलै नथाकौ" भन्ने नाराका साथ स्थापित बि.सि.डब्लु.युथ नेपाल सुनवल ले आज सुनवल नगरपालिका वडा न १३ , पवित्र वृद्धाश्रम भुमहि मा खाद्यान्न बितरण गरेको छ । बि .सि . डब्लु युथ नेपाल का अध्यक्ष शिव रेग्मी को अध्यक्षतामा उक्त खाद्यान्न बितरण गरिएको हो । लकडाउन र निषेधाज्ञाबाट प्रभावित वृद्धाश्रम खाद्यान्न बितरण गरेको हो । युवाहरुले कोरोना महामारीको समयमा समुदाय प्रति आफ्नो दायित्वबोध गर्दै स्वतस्फूर्त रुपमा खाद्यान्न बितरण गरेको र बितरण माचामल ,दाल ,साबुन ,सैबिन ,नुन ,तेल गरि करिब 10 हजार बराबरको खाद्यान्न बितरण गरिएको बि .सि . डब्लु नेपाल का सचिब रोशन श्रेष्ठ ले बताउनुभयो ।

 

पवित्र वृद्धाश्रमका अध्यक्ष रुद्र प्रसाद शर्मा को प्रमुख अतिथ्येतामा पवित्र सगर वृद्धाश्रमका सचिब टीकाराम पान्डे,बिशिस्ट आतिथ्यता र समिती सदस्य रेनुका न्योपाने, भबिश्यर पराजुली र केशरी थापा, आश्रम मा हुनुभएका सम्पुर्ण आमा बुवाहरु र सम्पुर्ण बि सि डब्लु युथ नेपाल परिवारको उपस्थिती रहेको थियो ।

Comments

Leave a comment