नवलपरासी भदौ २०

“हुनेले दियर जानुहोस, नहुनेले लिएर जानुहोस” भन्ने नाराका साथ सुनवल नगरपालिका वडा न १, प्रगति टोलमा "सेवा र भलो गर्ने काम मा हामी कहिलै नथाकौ" भन्ने मुल नाराका साथ स्थापित बि .सि . डब्लु युथ नेपालले आज खाद्यान्न बितरण गरेको छ । बि .सि . डब्लु युथ नेपाल का अध्यक्ष शिव रेग्मी को अध्यक्षतामा उक्त खाद्यान्न बितरण गरिएको हो । लकडाउन र निषेधाज्ञाबाट प्रभावित बिपन्न र असहाय समुदायमा निषेधाज्ञा भए सङै बिहान खायो साझ के खाने भन्ने परिवार लाई जिवनयापन गर्न धौ धौ परेको अबस्थामा खाद्यान्न बितरण गरेको हो । युवाहरुले कोरोना महामारीको समयमा समुदाय प्रति आफ्नो दायित्वबोध गर्दै स्वतस्फूर्त रुपमा खाद्यान्न बितरण गरेको र बितरण माचामल ,दाल ,आलु ,साबुन ,सैबिन ,नुन ,तेल गरि करिब १ लाख बराबरको खाद्यान्न १९५ घरधुरी लाई बितरण गरिएको बि .सि . डब्लु नेपाल का सचिब रोशन श्रेष्ठ ले बताउनुभयो ।

 

उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष समाजसेवी , व्यावसायि केशव भण्डारी को प्रमुख आतिथ्यता वडा नम्बर १ का वडा अध्यक्ष मीन प्रसाद बुढाथोकी विशिष्ट आतिथ्यता , टोल विकाश समिती का अध्यक्ष पशुराम कुवर , वडा नम्बर १ का वडा सदस्य युद्ध जङ , सृजना आमा समूह कि अध्यक्ष पार्बती श्रेष्ठ , परिवर्तन युवा क्लब अध्यक्ष बिकाश श्रेष्ठ , प्रगती टोल बिकाश समिती का सचिब देव क्षेत्री, मिडिया पाटनर सुनवल बजार , सुनवल टुडे , दर्पनपोस्ट , नवलपरासी क्रिस्चियन जवान संगति (NCFY,) समाजसेवी पत्रकारहरु को उपस्थिती रहेको थियो ।

Comments

Leave a comment