१६ भदौ, बुटवल । लकडाउनका कारण काम गर्न नपाएर छाक टार्न समस्यामा  परेका मजदुर र विपन्न वर्गलाई सहयोग पुगोस मानसिक्ता का साथ्  बुटवलमा पनि फुड बैंक सञ्चालनमा आएको छ ।

सामाजिक सञ्जाल  मा भाईरल   ‘घर घरमा हामी’ अभियानले बुटवल–११ देवीनगरमा फुड बैंक सञ्चालनमा ल्याएको हो । ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ नारासहित स्थापना गरिएको फुड बैंकमा दाताहरुबाट स्वेच्छिकरुपमा चामल, दाल, नुन, तेल, पीठो, चिउरा, चाउचाउ, सोयाबिन र तरकारी जस्ता खाद्यान्न संकलन गरी समस्यामा परेकालाई वितरण गरिने अभियानका संयोजक शिव डुम्रेले बताए ।

Comments

Leave a comment