चैत्र २६ बुटवल - पाँचबुँदे सहमति भएपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न उनका परिवार सहमत भएका छन् ।

कोरोनाको आशंकामा अस्पताल पुगेका ३४ वर्षीय थापाको गत चैत १६ गते मृत्यु भएको थियो । तर उनको मृत्यु भइसकेपछि आएको रिपोर्टमा उनलाई संक्रमण नभएको पाइएको थियो । समयमा उपचार नपाएर आफ्ना श्रीमानको मृत्यु भएको भन्दै मृतककी श्रीमती रिताले छानविन नभएसम्म शव नबुझ्ने अडान लिदै आएकी थिइन । त्यही कारण ११ दिनदेखि बाबुरामको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा रहेको थियो ।

Comments

Leave a comment