काठमाडौँ । भक्तपुरमा एउटै घरमा एकै परिवारका तीन जना सहित घरमा पालिएको कुकोरको समेत  शव भेटिएको छ । प्रहरीका अनुसार एकाघरमाका  श्रीमान, श्रीमती र छोरा हुन्  । 

साथै एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रातोपाटीलाई जानकारी दिए । 

भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा तीन जनाको शव गन्हाएको अवस्थामा भेटिएको एसएसपी थापाले पुष्टि गरे । 

उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । 

अहिले घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

Comments

Leave a comment