कपिलवस्तुमा एक हप्ताका लागि निशेधाज्ञा थप भएको छ। सोमबार बसेको जिल्ला कोरोना संकट ब्यवस्थापन समितीको बैठकले एक साता सम्म निशेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा यस अघि गत भदौ सात गते देखि भदौ १५ अर्थात आज सम्मका लागि निषेधाज्ञा जारि गरिएको थियो ।

जिल्लामा बिशेष गरी समुदाय स्तरका मानिसमा कोरोना देखिन थालेपछि निशेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कपिलबस्तुले जनाएको छ । यता बैङ्क र वित्तिय संस्थाको हकमा बिहान १० बजे देखि दिउसो १ बजे सम्मका लागि खुल्ने समय निर्धारण गरिएको छ ।

Comments

Leave a comment