असार ३ एजेन्सी

भारतमा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक एकै दिन २,००० जनाभन्दा बढीको मृत्यु भएको छ। गएको २४ घण्टामा भारतमा २,००३ जनाको मृत्यु भएको हो ।

भारतमा संक्रमितको कुल संख्या ३,५४,००० नाघेको छ । तीमध्ये ११,९०३ जनाको मृत्यु भएको र झन्डै १८७,००० जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ ।

भारतमा कोरोना भाइरस संक्रमण बढ्ने क्रममा छ । अमेरिका, ब्रजिल, र रुसपछि भारतमा सर्वाधिक संख्यामा संक्रमण देखिएको छ । अहिले भारतमा कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ।

प्रतिबन्धहरू खुकुलो पारिँदा संक्रमण नियन्त्रण गर्न गाह्रो हुने आशंका विज्ञहरूको छ। बुधवार प्रकाशित तथ्यांकममा अहिले भारतभरि १,५५,०० भन्दा बढी मानिसमा सक्रिय संक्रमण छ ।

Comments

Leave a comment