असार २० भारत

 भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

भारतकाे शुक्रबार मात्रै २२ हजार ७२१ नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो । याेसँगै अहिले भारतमा काराेनभाइरसबाट संक्रमित हुनेकाे संख्या ६ लाख ४९ हजार ८८९ पुगेकाे वर्डाेमिटर्सले जनाएकाे छ ।

काेराेनबाट मृत्यु हुनेकाे संख्या भने १८ हजार ६६९ पुगेकाे छ । जसमध्ये ४४४ जनाकाे भने शुक्रबार मात्रै मृत्यु भएकाे वर्डाेमिटर्सले जनाएकाे छ ।

अहिले भातरमा २ लाख ३६ हजार ९२२ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ३ लाख ९४ हजार ३३१ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।

Comments

Leave a comment