जेठ २६

। भारतबाट अनलक १ (लकडाउन खाेल्ने पहिलाे चरण) अन्तर्गत मल, रेस्टुरेन्ट र धार्मिक स्थानहरू खुला गरिँदै छ ।

भारतमा संक्रमण कम भएकाे छैन, तर पनि यी सहुलियतहरू लागु गरिँदै छ । अघिल्लाे दिन आइतबार मात्र त्यहाँ कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ, एकै दिन १० हजारजति नयाँ संक्रमित भेटिएका छन् ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महामारीको कारणले पछाडि परेको अर्थतन्त्रलाई पुनर्जीवित गर्न उत्सुक छन् । यसका लागि उनी लाखौं मानिसहरु अब काममा फर्कून् भन्ने चाहिरहेका छन् । यही कारण जुन ८ (अाज) बाट व्यापारिक मल, रेष्टुरेन्टहरू खोलिएका छन् । तर यी स्थानहरू खोल्दा केही नियमहरू पनि पालना गर्नुपर्नेछ ।

Comments

Leave a comment