सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका –५ मा एक महिला र गर्भमा रहेको  शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृत्यु भएको छ । स्थानीयवासीकाअनुसार भीरबाट लडेर तामाङको पेट फुटेको थियो ।

पेट फुटेपछि घटनास्थलमा आमा र शिशु एक मिटरका दूरीमा छुट्टाछ्ट्टै स्थानमा  भेटिएका  थिए । उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा  नै शिशुको मृत्यु भएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए । थप जानकारी लिन अहिले प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

Comments

Leave a comment