भदौ १७ 

भीम अस्पताल भैरहवामा उपचाररत नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

भदौ १५ गते अस्पतालमा भर्ना भएकी महिलाको मंगलबार राति ९ः४५ बजे समयमा उपचार गर्दै गर्दा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताउनुभयो । ति महिलालाई भदौ १४ गते कोरोना पुष्टि भएको थियो ।

Comments

Leave a comment