सौरभ  न्यौपाने नवलपरासी

भदौ १९

विगतलाई नियालेर हेर्ने हो भने युवा नै हो जो लोकतन्त्र/गणतन्त्र ल्याउन अघि सरेका थिए । अझ सामाजिक कार्यमा भन्ने हो भने युवाहरु नै अग्र स्थानमा छन् तर, हामिले कहिल्यै सोच्दैनौ अझै पनि युवाहरु मूलधारको राजनीतिमा किन उदाउन सकेको छैनन् भनेर ?

वर्तमान अवस्थामा हेर्ने हो भने युवाहरु सामाजिक काममा धेरै नै अघि छन् । सडकमा भोका रहेका मानिसहरूलाई निशुल्क खाना दिएका छन् । अहिले भै रहेको कोरोना कहरको समय हेर्ने हो भने पनि काठमाडौ देखि पैदल हिडेर आफ्नो घर जाँदै गरेका मानिसहरुलाई ठाँउ – ठाउँमा खाना पानी र बासको ब्यवस्था गर्न युवाहरु नै अघि छन् । यस्तै सामाजिक कामहरु गरेर युवाहरू उदाहरणीय बन्दै गएका छन् ।

विभिन्न भातृ संगठन बनाएर युवाहरूलाई चुनावको बेला प्रयोग गरि आफ्नो पार्टीको नेता जिताउन , आफ्नो पार्टीको नेता भ्रष्टाचार तथा विभिन्न कानुनी कार्वाहीमा पर्दा हाम्रो नेतालाई रिहाई गर भन्दै सडकमा आन्दोलन गर्न प्रयोग गरेका छन् । जस्ले गर्दा देशमा आज भ्रष्टाचार तथा लुटतन्त्रले देश बिकास हुन सकेको छैन ।

युवाहरुलाई भातृ संगठनभित्र मात्र सिमित राख्दा नसा-नसामा बगेको मुलधारको राजनीतिमा आएर देश बनाउन्छु भन्ने उर्जा उनीहरुले गुमाउँदै गएका छन् । वर्तमान अवस्थामा हेर्ने हो भने युवा पुस्ता अब मुल धारको राजनीतिमा आएर देश बनाउनु पर्छ भन्ने बहस धेरै चलिरहेको छ । हामीले देशमा भ्रष्टाचार , लुटतन्त्र अत्ति भयो भनी रहदा अब युवालाई मुल धारको राजनीतिमा नल्याई सधै भातृ संगठनमा राख्ने प्रथा पनि अत्ति नै भयो भनेर प्रत्येक राजनीति दलमा यो आवाज उठाउन जरुरी छ ।

जब सम्म युवाले आफ्नो नेतालाई हामी काहा नीर कम्जोर छौं ? जस्ले गर्दा हामीलाई आज सम्म नेतृत्व तहमा राख्न नखोजेको भनेर प्रश्न गर्न जरुरी छ । हामीलाई भातृ संगठनमा मात्र राखी सधै चुनाव जिताउन , भ्रष्टाचारि नेता जेल गए हाम्रो नेतालाई रिहाई गर भन्दै प्रयोग गर्ने हो ? भन्दै जवाफदेही बनाउन जरुरी छ । यदि यसो गरिएन भने युवा पुस्ता कहिल्लै नेतृत्व तहमा पुग्न सक्दैन ।

विभिन्न पार्टीमा रहेका युवाहरूलाई सकारात्मक भएर यति कुरा बुझिदिन मेरो अनुरोध ” यसो गरौँन , तपाई आफ्नो पार्टीको विधान पढ्नु होस् म पनि पढ्ने छु । कहाँ नीर लेखेको रैछ आफ्नो पार्टीको नेताले भ्रष्टाचार र लुटतन्त्रमा सामेल हुँदा त्यसको विरुद्धमा आवाज उठाउन हुन्न भनेर ” ‌नेपालको राजनीतिमा नितिमा हैन , नियतमा खडेरी लागेको छ। त्यसैले त्यो स्वार्थ नियतको, भ्रष्टाचार र लुटतन्त्रको अन्त्य गर्न हामी युवाहरु सकारात्मक सोच बोकेर अघि बढौँ ।

 

 

 

 

Comments

Leave a comment