२८ भदौ, जनकपुरधाम ।

महोत्तरीमा हुकिङ गरेर विद्युत प्रयोग गर्न खोज्दा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको मटिहानी नगरपालिका १ सानो धिरापुर निपासी प्रभु खत्बेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

७८ वर्षीय खत्बेलाई आफ्नै गोठमा बिजुलीको पोलबाट हुकिङ लगाउने क्रममा करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

मृतकको शव जलेश्वर अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a comment