म्याग्दी, साउन - ५

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन्। काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताए। सोमबार साँझ बाढीमा बेपत्ता गर्बुजाको खोजी भइरहे पनि मंगलबार बिहानसम्म नभेटिएको उनले बताए। 

Comments

Leave a comment