असार १७- काठमाडौ 

स्याङ्जामा बुधबार बिहान आठ जना कोरोना संक्रमित थपिएका छन्। पिसिआर परीक्षणका क्रममा वालिङ् नगरपालिकामा दुई, पुतलीबजार नगरपालिकामा एक र भीरकोट नगरपालिकामा पाँच जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणको क्रममा वालिङ्का २७ र ५० वर्षका पुतलीबजारका २५ वर्षका र भीरकोटका २३, ५७, २४, २३ र २४ वर्षका संक्रमित थपिएका हुन्। थपिनेमा दुई पुरुषसहित छ महिला रहेको प्रदेश निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए।  

 

योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ८४ पुगेको छ। तीमध्ये ५४ जना उपचारपछि घर फर्केको स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी भैरहेको जनाइएको छ।  

Comments

Leave a comment