वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी लागु गरेको हो । 
जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै पनि फोटो खिच्ने÷खिचाउने जस्ता कार्य गर्न नपाइने उल्लेख गरिएको छ । 
 संदेनशील घडीमा मानवीय संवेदनलाई मध्येनजर राख्ने भन्दै सो निर्णय गरिएको हो

समाचार तथा सामाजिक सञ्जालमा प्रचार–प्रसारले मानिसको मौलिक अधिकारमाथि ठाडो हस्तक्षेत रोक्नका लागि फोटो नखिच्ने निर्णय गरिएको हो । वालिङ नगरपालिकाको नगर विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन–२०७५ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनेको हो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ स्थानीय तहलाई आवश्यक कार्यविधि निर्माण गरी लागू गर्ने  अधिकार दिइएको छ

कोरोना संक्रमणको असहज परिस्थितिमा दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति तथा लकडाउनका कारण दैनिक गुजारा चलाउन नसकेका ब्यक्तिहरुलाई लकडाउन अवधिमा जीवनयापनका लागि अत्यावश्यक दैनिक खाद्य सामग्री, जिन्सी, राहत प्याकेज उपलब्ध गराउँदा अब कार्यविधिअनुसार हुनेछ । 
 
राहत वितरण प्रक्रियालाई प्रभावकारी, विश्वासनीय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट राहत वितरण तथा व्यवस्थापन कार्यविधि मार्गदर्शक हुने वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले बताए । 

Comments

Leave a comment