असार ११ बुटवल 

रुपन्देहीमा केही दिनअघि अन्तरजातिय प्रेम सम्बन्धका कारण वेहुली बनाएर भित्राइए कै दिन  जंगलमा मृत  फेला  परेकी  १३ वर्षीया दलित बालिकाका अभियुक्तहरुलाई रुपन्देही जिल्ला अदालतले विहिवार  थुनामा पठाउन आदेश दिएको छ  ।

देवदह नगरपालिका वडा नम्वर ११ की १३ वर्षीया अङ्गिरा पासी र स्थानीय २५ वर्षीय बिरन्द्र भर संग जेठ ९ गते राती करिव ११ बजेको समयमा स्थानीयले आपत्ती जनक अवस्थामा फेला पारे पछि अर्को दिन  त्यहाँको वडाध्यक्ष सहितका समाज सेवी जुटेर ती बालिकाले आफुलाई भरले जबरजस्ती गरेको बताउँदा बताउँदै पनि बलात्कार मुद्धाबाट पन्छाउन उनलाई श्रीमतिका रुपमा अर्को दिन जेठ १० गते भरको घर भित्राउन पठाइएको थियो ।

Comments

Leave a comment