कात्तिक १, रुपन्देही । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ का ४९ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो ।

असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको श्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको हो। उनी कुनै दीर्घ रोगी थिएनन् ।

Comments

Leave a comment