जेठ ४

काठमाडौ - कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको छ । 

लकडाउन लम्ब्याउनेबारेमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । नेपालमा कोरोना सङ्क्रमणको अवस्था हेरेर १५ दिनसम्म लकडाउनको अवधि थपिन सक्ने बताइएको छ ।

आइतबार बसेको समिति बैठकले जेठ ५ गतेपछि लकडाउन थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको हो । लकडाउनकाे कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाइ गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो ।बजेट छुट्याएरै भए पनि पालिकाहरुमा स्थापना भएका क्वरेण्टीनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ । उहाँले भन्नुभयो, ‘सङ्क्रमितकाे सङ्ख्या बढ्दो छ । दुई जनाको निधन भएको खबर पनि आएका छन् । लकडाउन नभएको भए अझ अवस्था भयावह हुन्थ्यो भन्ने बैठकको निष्कर्ष छ । लकडाउन अझ कडाइ गर्दै लैजाने र पालिकाहरुमा स्थापना भएका क्वरेण्टीनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ ।’

 

Comments

Leave a comment