वैशाख २ काठमाडौ 

मन्त्रिपरिषद्को बैठकले दुईसाता लकडाउन लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार लकडाउनलाई अझै कडा बनाउने निर्णय भएको छ । त्यस्तै सरकारले वैशाख १८ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वैशाख १८ गतेसम्म अन्तर्रा्ष्ट्रिय उडान रोक्ने निर्णय पनि यसअघि गरिसकेको छ ।
सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदै थियो । मुलुकभित्र कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले दुईसाता लम्ब्याइएको हो ।

Comments

Leave a comment