चैत्र २४- राजु गैरे

डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलामा एक महिलालाई गोली हानेर हत्या गरिएको छ । आइतबार बेलुकी करिब ६ बजेतिर नङनी टोलकी २० वर्षीया अनिता वनलाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

अनिताका २२ वर्षीय श्रीमान् खडक वनले गोली हानी हत्या गरेको आशङ्का गरिएको छ । मृतक अनिता र उनका श्रीमान् मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफूले गोली नहानेको बताएको इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज सई महेन्द्र थापाले बताए । मृतक अनिताको छातीको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

Comments

Leave a comment