वैशाख २७ काठमाडौ कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ ।

 

यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन । तथ्याङ्कको अभावमा बन्दाबन्दीको समयमा उपत्यका बाहिरिएका नागरिक शक्तिको आड वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्स मार्फत उपत्यका भित्रिन थालेका हुन् ।

काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) का अनुसार कतिपय उच्च ओहोदाका व्यक्तिले पनि आफन्तलाई उपत्यका बाहिर–भित्र गराइरहेको स्थानीयवासीको गुनासो छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् । 

Comments

Leave a comment