वैशाख ६ पाल्पा 

विश्वलाई नै त्रशीत बनाएको कोरोना रोकथामको लागि नेपाल सरकार पनि कम्मर कसेर लागेको छ । कोरोना रोकथामकै लागि भन्दै नेपालमा पनि लकडाउन घोषणा गरेको झनै एक महिना हुन थाली सकेको छ यहाँ यस्का बाबजुद पनि  हाल समन ३० जना कोरोना संक्रमीत भेटिएको छ ।

 

लकडाउनको कारण सबै भारतिय तथा चिन तर्फका नाका र यातायात त्यस्तै बहे तथा आन्तरिक उडानमा पनि रोक लगाईएको छ अत्यावश्यक बाहेक मानिस हिडडुलमा समेत बन्देज छ तर यस्को प्रभाव सहर बजार मा देखियता पनि गाउँ घर मा खासै देखिएको छैन ।

हालै बर्षा भए लगतै गाउँले किसानहरु खेत बारिमा रहेको अन्न बाली भित्र्याउन र मकै रोप्नमा ब्यस्त देखिन्छन ।

हामी पाल्पा जिल्लाको बगनस काली गाउँपालिका वडा न ५ दर्लमडाडा मा पुग्दा  प्रसस्तै युवाहरुलाई खेत बारिमा भेट्यौ ।  

उहाँहरु कोहि बिगतका दिन मा बजार मा बसि जागिर गर्ने , कोहि ब्यवसाय त कोहि अध्यन बिद्यार्थी हुनुहुन्थ्यो तर लकडाउनको कारण धेरै बर्षमा घर आएर त्यही खेत वारि जहाँ मेलोपात गर्दै हुर्कियौ अहिले यहीँ काम गर्दा पुरानो त्यो रमाईलो छेड्को याद आएको बताउनु भयो ।

Comments

Leave a comment