काठमाडौं –    ललितपुर पुल्चोकमा  हिजो कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो त्यो घटना आज पनि हुन सक्ने भन्दै  आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि ललितपुर जिल्लामा कर्फ्यु जारी भएको ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत जानकारी दिए । 

 

 

उनका अनुसार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि यसको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरषाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ । 
 
 

Comments

Leave a comment