लागूऔसध सहित जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १० को बिर्ता गाउँमा बस्ने २७ बर्सिय बिजया पासवान पक्राउ परेका छन । आफ्नो घरबाट जगदिशपुर ताल हुँदै तौलिहवा तर्फ मोटरसाइकलमा गइरहेको बेला प्रहरीलाई संका लागि चेकजाच गर्दा निजको साथबाट बिहिवार लागू औसध बरामद भएको हो । उनको साथबाट ८ ग्राम २३० लागू औसध बरामद गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा २ वटा पहेँलो प्लास्टिक र ४ वटा कालो प्लास्टिक भित्र लागू औसध जस्तो देखिने खैरो पदार्थ खोल्दा उक्त परिमाणको लागू औसध प्रहरीले बरामद गरेको हो । उनीमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।।

Comments

Leave a comment