वैशाख ४ काठमाडौ 

पछिल्ला एक साता नेपालमा देखिएका कोरोना भाइरस ( कोभिड–१९) को आउटब्रेकले यसको नियन्त्रणका लागि जुटिरहेका सरकारी अधिकारीलाई झस्काएको छ ।

यसबारे अध्ययन गरिरहेका जनस्वास्थ्य विज्ञलाई पनि फरक तरिकाले सोच्न बाध्य गराएको छ ।

विज्ञ र सरकारी अधिकारीलाई फरक तरिकाले सोध्न बाध्य बनाउने तीन केस थिए –

पहिलो : वीरगञ्जदेखि कैलाली पुगेकी ६५ वर्षीया वृद्धामा देखिएको संक्रमण । उनलाई भएको संक्रमणको स्रोत अझै पत्ता लागेको छैन ।

दोस्रो : रौतहटको १९ वर्षीय युवाको संक्रमण । उनी क्वारेन्टाइनमा बसेका कारण अरुमा भाइरस ट्रान्समिसन भएको हुनसक्ने सम्भावना त कम छ तर लकडाउनको समयमा भारतबाट लुकछिपी मानिसहरु आइरहेका छन् र भोलिका दिनमा आउन सक्छन् भन्ने देखायो । किनकी उनी लकडाउन जारी भएको समयमा १६ चैतको मध्यराति नेपाल प्रवेश गरेका थिए ।

तेस्रो : ५ चैतमा बेलायत आएका तीन जनालाई र्‍यापिड टेस्ट गर्दा पोजेटिभ संक्रमण । तर पीसीआरमा जाँच गर्दा दुई जनाको पोजेटिभ र एक जनाको नेगेटिभ देखियो । यो केसलाई स्वास्थ्य मन्त्रालयले आयातित घोषणा गर्दै भन्यो, ‘कोरोना भाइरसले चीनबाट युरोप हुँदै दक्षिण एसिया छिर्दा रुप परिवर्तन गरेको हुनसक्छ । अब हामीले पुरानो मान्यतालाई मात्रै आधार मानेर पुग्दैन ।’

यी तीन केसले कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले बनाएको रणनीति र पूर्वतयारी अपर्याप्त देखायो ।

Comments

Leave a comment