भाद्र १९ - कपिलबस्तु अनिश बन्जाडे                         

एक प्रहरी सहीत ७ जना कोरोना संक्रमित कपिलबस्तुमा थपिएका छन् । जिल्ला प्रहरी कार्यालयका एक जना र बाणगंगा नगरपालिका वडा नम्बर १ का ५ जना र वडा नम्बर ८ का एक जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।

 

आज थपिएका संक्रमित सहित जिल्लामा कुल संक्रमितको संख्या ११ सय ४७ पुगेको छ । संक्रमित मध्ये १ हजार ८ जना डिस्चार्ज भैसकेका हाल १ सय ३४ जना मात्र सक्रिय संक्रमित छन । जिल्लामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन ।

 

Comments

Leave a comment