जेठ १ काठमाडौ 

काठमाडौं । मुलुक करिब दुई महिनादेखि लकडाउनको अवस्थामा छ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । तर, यस अवधिमा २ सय १५ जना कोरोना संक्रमित थपिएका छन् भने नेपालमा संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म २ सय १७ जना पुगेको छ । लकडाउनकै अवस्थामा २ सय १५ जना संक्रमित भएका हुन् । 

सरकारले लकडाउनका बेला आफ्नै घर वा आफू जहाँ हो त्यहीँ रहन आग्रह गरेको छ । भेला भएर पार्टी गर्न, बजार पसल खोल्न, जथाभावी हिँड्न सरकारले प्रतिबन्ध लगाएको छ । यसलाई ध्यानमा राख्दै आफ्नो टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’मा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले भेला भएर पार्टी नगर्न, बाँचिएछ भने पछि मन लागेको खाऔँला भन्दै सबैलाई सचेत र सजग गराएका थिए ।

उक्त भोजमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा, अनुराग कुँवर, पत्रकार उत्सब रसाइली लगायत सहभागी भएको देखिन्छ । सो भिडियोको क्लिपमा लालमोहन बनाउदै रमाइलो गर्दै पार्टी गरिरहेका छन् । रात्रि भोजमा मस्त रहेका उनीहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ भने यसबारे मिश्रित प्रतिक्रिया आइरहेको छ । यो खवर च्यानल नेपाल मा प्रकासित छ ।
 

Comments

Leave a comment