रासी, १४ भदौ

पश्चिम नवलपरासीको जिल्ला  सदरमुकामको निलो गेटदेखि बुद्धचोकसम्म डेढ कि.मि.सडक फोर लेनको रुपमा विस्तार गर्ने कार्यमा   गुणस्तरहीन इट्टा प्रयोग भएको भन्दै स्थानीयले बिरोध गरेपछी । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले सडक निर्माण कार्यमा   पुराना कमसल ईट्टा हटाउन बाध्य  भै अहिले  १ नं. इट्टा मगाएर काम सुरु गरिएको छ |  

यसअघि पनि सडक निर्माणका क्रममा पटक पटक गुणस्तरहीन सामाग्री प्रयोग हुँदै आएपछि स्थानीयले बिरोध गदैै आएका थिए । निर्माणका क्रममा सडकको काम अधुरै छाड्दा सदरमुकामकै अवस्था बिजोग देखिएको छ । सडकमा परेका खाल्डा खुल्डी समेत नपुर्दा सवारी साधन आवतजावतमा कठिनाई भएको छ । निर्माण सामाग्री सडक छेउमा लथालिङ छाडिएको छ । पैदल हिड्ने स्थानमा खनेर छाडेको काम पनि अधुरै छाड्दा पैदल यात्रुलाई समेत सास्ती भएको छ ।

 

Comments

Leave a comment