असार २३ काठमाडौ 

पार्टीको ह्वीप नमानेको भन्दै समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको हो ।

योसँगै, गिरी सांसद पदबाट पनि पदमुक्त भएकी छिन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् ।

पार्टी ह्वीपनै उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले गिरीलाई कारबाही गर्नका लागि पार्टीमा सिफारिस गरेको थियो ।

समाजवादी पार्टीका अनुसार संसद पदबाट र पार्टीको साधारण सदस्य पनि नरहने गरी गिरीलाई निस्कासन गरिएको हो । गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो ।

तर, संसदमा बोल्न नदिएको भन्दै गिरी बैठक चलिरहेकै समयमा बाहिरिएर देश र पार्टी विरोधी अभिव्यक्तिहरु दिएकी थिइन् ।

Comments

Leave a comment