काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको आदेश विपरित काठमाडौं उपत्यकाभित्रको बजार सञ्चालनमा आएको छ । उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञालाई खुकुलो बनाई सातामा तीन दिन पसल सञ्चालन गर्न पाउने गरी दिन नै तोकेको छ । तर हरेक दिन सबैजसो पसल व्यवसाय सञ्चालन हुन थालेका छन् । जसका कारण काठमाडौंको न्यूरोड, असन, महाबौद्ध क्षेत्रमा भिडभाड बढेको छ । 

Comments

Leave a comment