वैशाख ५ काठमाडौ 

 

वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको तत्काल उद्धार गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले नियमन र नियन्त्रणको शर्त बन्देजसहित विदेशमा जोखिममा रहेका नागरिकलाई फिर्ता ल्याउने वा उद्दारका लागि पहल गर्न अन्तरिम आदेश जारी गरेको हो ।

अव्यवस्थित रुपमा नेपाल प्रवेशको जोखिम बढ्दै गएकोले उनीहरुलाई तत्काल शर्तसहित नेपाल ल्याउनूपर्ने भन्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो । केही देशले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता लैजान दबाब दिइरहेको र कतिपय वैदेशिक रोजगारीमा रहेका नेपाली घर फर्काई दिन आफ्नो सरकार गुहारिरहेको भनी रिट निवेदकले उठाएको विषयमा राज्यले टुलुटुलुले हेरेर बस्न नमिल्ले आदेशमा भनिएको छ ।  

अधिवक्ता सोमप्रसाद लुइँटेल, प्रकाश खनाल र सुदीप देवकोटाले आप्रवासी नेपाली कामदारलाई कोरोना भार्ईरसको संक्रमणबाट बाट बचाउन माग गर्दै सर्वोच्चमा रिट दायर गनर्’भएको थियो ।

Comments

Leave a comment