जेठ ३०

सरकारले श्रमिकलाई विदेशबाट उद्धार गर्न हुने चार्टर्ड  फ्लाइटको भाडा दरमा पुनरावलोकन गर्दै सम्बन्धित देशका दूतावासको संयोजनमा विमान चार्टर गर्ने र प्रतिस्पर्धी मूल्यमा टिकट प्राप्त गर्न सक्ने गरी निर्णय गरेको छ । 

शुक्रवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले चार्टर्ड फ्लाइटको टिकट दरबारे यसअघिको  निर्णयमा पुनरावलोकन गर्ने निर्णय लिएको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बताए ।
 ‘विदेशमा अफ्ठेरोमा परेर स्वदेश फर्किनुपर्ने नेपालीलाई तोकेको भाडा महँगो भएकाले पुनरावलोकनका लागि हाम्रो निरन्तरको आग्रहपश्चात् सरकारले केही सकारात्मक निर्णय गरेको छ’, उनले भने, ‘सम्बन्धित देशका दूतावासको संयोजनमा विमान चार्टर गर्ने र प्रतिस्पर्धी मूल्यमा टिकट प्राप्त गर्न सक्ने गरी निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेले जानकारी गराउनु भएको छ।’

अध्यक्ष पन्तले नेपाल फिर्तिको लागि नेपाल सरकारले तोकेको  भाडा दरको निर्णय नेपाल सरकारले पुनरावलोकन गरे पछि अब सस्तो भन्दा सस्तो जहाज भाडामा लिएर लैजान सकिने बताए ।

Comments

Leave a comment