रुपन्देही, भदौं २६  

रुपन्देहीको सियारी गाउँपालिकामा कोरोना संक्रमित निको हुनेको संख्य अहिले सम्म २५ पुगेको छ । कुल २९ जना संक्रमित मध्य निको हुनेको संख्य २५ पुगेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

जस मध्य ४ जना कोरोना संक्रमित होम आइसोलेशनमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवास्था समान्य रहेको स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले बताउनु भयो ।

यस भाइरसको संक्रमणबाट गाउँपालिकामा हल कसैको मृत्यु भने भएको छैन । त्यस्तै भारत तथा अन्य तेस्रो मुलुकबाट आएका १० जना गाउँपालिकाले निर्माण गरेको कोरेन्टाइनमा बसेकाछन् । उनिहरुको रिपोर्ट आउन बाँकी रहेको छ ।

Comments

Leave a comment