नवलपरासी  भदौ २० 

पश्चिम नवलपरासीको सुनवल नगरपालिका ५ बनकट्टी तीनकुने चोकमा हुनेले दिएर जानुहोस, नहुनेले लिएर जानुहोस भन्ने मुल नाराका साथ  फूड बैंक कार्यक्रम आजदेखि सुरु भएको छ । पाच महिना देखी  दैनिक जीवन कष्टकर बन्न पुगेको अवस्थाले रोगले भन्दा भोकले मरिन्छ कि भन्ने डर पनि उत्पन्न हुन पुगेको छ । सामाजिक दुरी कायम गरि सुनवल-५ को स्थानिय केही युवा हरुको सकृयमा Food Bank संचालन गरिएको  एक सकृय युवा बिक्की डुम्रे ले जानकारी दिनु भयो ।

 

उक्त  कार्यक्रममा सहयोग गर्ने इच्छुक व्यक्तिले नगद रुपिया नभई  खाद्यान्न सो इच्छुक र आवस्यकता बुझी सहयोग गर्न सक्नुहुनेछ। आफ्नो सानो सहयोग ले कसै को मुहार हसिलो देख्ने  अथार्त  जस्ले दिने लिने दुवै को मुहार मा खुशी देख्न पाउने बिश्वास लिएको बिक्की  डुम्रे बताउनु भयो । कार्यक्रममा चामल,तेल,नुन,सैबिन , आलु लगायत का खाद्यान्न वितरण गरिएको छ

Comments

Leave a comment