सुनवल,२१ भदौ

करिब पाँच महिना देखिको लकडाउन बाट थलिएको जनजिवन निषेधाज्ञा भए सङै बिहान खाए साझ के खाने भन्ने परिवार निरास बन्ने अवस्था सृजना भएको छ । सुनवल नगरपालिकाका बिभिन्न ठाउहरुमा बिभिन्न संघसंस्थाहरुले खाद्य बैकँ संचालन गरेका छन् । जसले गर्दा साझ बिहान मजदुरी गरेर खाने निम्न बर्गका मजदुर हरुलाई केहि मात्रामा भएपनि राहत भएको अपेक्षा गरिएको छ । यसरी संचालन भएका खाद्य बैकँहरुमा सहयोग गर्ने क्रम पनि बढ्दै गएको छ । सो क्रममा सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापाले पनि बिभिन्न संघ संस्थाले स्थापना गरेका खाद्य बैकँमा सहयोग प्रदान गर्नुभएको छ ।

यसै क्रम मा सुनवल नगरपालिका वडा नं १ प्रगतीटोल मा बिसि डब्लु युथ नेपाल सुनवलले संचालन गरेको खाद्य बैकमा नगरप्रमुख थापाले ५० घरधुरीलाई चामल, दाल, तेल, नुन, साबुन, सोयाबिन गरि २६ हजार ५ सय बराबरको राहत उपलब्ध गराउनुभएको छ । यस खाद्यान्न बैंक निरन्तर अगि बढ्ने भएकाले साथ र सपोट गर्नु हुने ले 9807475412 मा सम्पर्क गर्न बि सि डब्लु युथ नेपाल का सचिब तथा कार्यक्रम अभियान्ता रोशन श्रेष्ठ ले बताउनु भयो ।

Comments

Leave a comment