हुनेले दियर जानुहोस, नहुनेले लिएर जानुहोस” भन्ने नाराका साथ सुनवल नगरपालिका वडा न ६, बिसाशयको पुलटोलमा युवाहरुको समुह सुनवल ह्वाम्लेट ग्रुपले हिज देखि खाद्यान्न बैंक संचालन गरेको थियो । हिज पहिलो दिन जम्मा ३० हजार संकलन गरेर ६० घरधुरी लाई राहात दिइएको थियो भने आज दोस्रो दिन जम्मा ४० हजार को संकलन गरिएको तर आज वितरण नगरिएको आले ले जानकारी दिनु भएको छ । लकडाउन र निषेधाज्ञाबाट प्रभावित बिपन्न र असहाय समुदायका लागी सुनवल ह्वाम्लेट ग्रुपले अभियान संचालन गरेको हो ।

 

युवाहरुले कोरोना महामारीको समयमा समुदाय प्रति आफ्नो दायित्वबोध गर्दै स्वतस्फूर्त रुपमा यस अभियान सन्चालन गरेको र निषेधाज्ञा जारी रहदा सम्म यो अभियान जारी राख्ने अभियानका अगुवा अभियान्ता बिष्णु आले मगरले बताउनुभयो । राहात संकलन कार्य मा हेमराज पौडेल र रमेश नेपाली ले २५ हजार बराबर को खाद्यान्न उपलब्ध गराउनु भएको थियो भने अन्य सामाजिक अभियान्ता ले नुन तेत सैबिन उपलब्ध गराउनु भएको थियो । राहत संकलन तथा वितरण कार्यमा सहयोग गर्न चाहाने महानुभावहरुले ९८०३०७९३४२ सम्पर्क गरि सहयोग गर्न सक्ने छन् ।

Comments

Leave a comment