वलपरासी भदौ २८

पश्चिम नवलपरासीको सुनवलमा छोेराले चलाएको टिप्परले ठक्कर दिदा आमाको मृत्यु भएको छ । सुनवल नगरपालिका ४ बेलारी बस्ने बर्ष २८ का गोविन्द थापाले घरमा पार्किङ्ग गरी राखेको लु २ ख २२५९ नम्बरको टिप्पर शनिवार साँझ आगन बाट सडकमा निकाल्ने क्रममा आफ्नै आमा ६० बर्षिया खेमकुमारी थापालाई ठक्कर दिएको हो । शनिवार टिप्परको ठक्करबाट घाईते भएकी खेमकुमारीलाई सोहि टिप्परमा राखेर उपचारका लागि लुम्विनी प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ । घटना को थप अनुसन्धान भैरहेको प्रहरी ले जनाएको छ ।

Comments

Leave a comment