नवलपरासी भदौ २९

नेपाल धर्म सस्कृती ले भरिपुर्ण देश हो जहाँ हरेक किसिमका धर्म सस्कृती मान्ने मानिस हरु को बसोबास हुने गर्दछ । लाखौ मठमन्दिर हरु रहेको बिश्वप्रसिद्ध पबित्र स्थल नेपाल मा केही मात्रा मा पुराना मठ मन्दिर भत्किने डर र पुराना संरचना बिनास हुने डर भने दिनानुदिन बढिरहेको छ । यस्तै डर त्रास भने नवलपरासी जिल्ला को सुनवल नगरपालिका वडा नम्बर २ नवदुर्गाटोल स्थित दुर्गा मन्दिर मा देखिएको छ । २०५२ सालमा स्थापना भएको मन्दिर अहिले स्थानीय ले चासो ननिदा धराप हुने अबस्थामा गएको हो । नया मन्दिर बनाउदै जाने तर पुरानो संरचना को मन्दिर लाई खासै चासो नदिएको पाईएको छ । हुन त दुर्गा मन्दिर ,शिव मन्दिर ,गणेश मन्दिर, कोटियामाई, हुमन स्थल , पुजा गर्दा भोज भतेर सबै गर्न सकिने भवन भएता भनी सबै नया बनाएको तर दुर्गा मन्दिर पुरानो भएका ले खासै चासो नदिएकाले यसले आउने दिन मा ठुलै असर पार्ने संभावना रहेको छ । " बर्खाको समयमा मन्दिर भित्र पुजा गर्दा छतको पानी सङै ढलान गरिएको सानो सानो कण टाउको मा लाग्ने र वरपर खस्ने, मन्दिर वरपर को ढलान गरिएको भाग समेत चिराचिरा परेकाले सर्प बस्ने हो कि "भन्ने डर पैदा भएको पुजारी हुमकान्त पौडेल बताउनु भयो । मन्दिर ब्यवस्थापन समिती भएता पनि आर्थिक अभाब का कारण मर्मत गर्न नसकिएको स्थानियवासी ले बताएका छन ।

Comments

Leave a comment