भाद्र १३ सगर पौडेल सुनावन नवलपरासी 

कोरोना संक्रमणको महामारी बढ्दै गएपछी बिगत ५ महिनाको लकडाउनले थलिएको जनजिवन फेरि निषेध आज्ञाका कारण थप प्रभाबित भएको छ।

लकडाउन र निषेधाज्ञाबाट प्रभावित समुदायका लागी सुनवल नगरपालिका वडा न ६, बिसाशयको ह्वाम्लेट ग्रुप मार्फत अभियान चलाई बिपन्न र जनजिवन प्रभाबित भएका समुदायका लागि राहत स्वरुप ” हुनेले दियर जानुहोस, नहुनेले लिएर जानुहोस” भन्ने नाराका साथ बिशासय ६ पुलटोल मा खाद्यान्न बैंक सन्चालनमा गरेका छन।

युवाहरुले महामारीका समयमा समुदाय प्रती आफ्नो दायित्वबोध गर्दै स्वतस्फूर्त रुपमा यस अभियान सन्चालन गरेको र निषेधआज्ञा जारी रहदा सम्म यो अभियान चलिराख्ने जनाउदै सहयोग गर्न चाहाने महानुभावहरुले 9803079342 सम्पर्क गरि सहयोग गर्न सक्ने कुरा यसै अभियानका अगुवा अभियान्ता बिष्णु आले मगरले बताए।

सनिवार मात्रै खाद्यान्न बैंकबाट प्रत्क्षयरुपमा ६० घरधुरी लाभान्वित भएका छन। यस अभियानलाई सन्चालन गर्ने का निम्ति ह्वाम्लेट ग्रुप सुनवल , बि.सि.डब्लु युथ नेपाल ,वडा नम्बर ६ का वडा सदस्य ह्याप्पि नाथ कुवर लगायत सामाजिक अभियान्ताहरु लाई धन्यबाद ज्ञापन गर्दै करिब ३०००० बराबरको खाध्यान्न संकलन र बितरण भएको र निरन्तर रुपमा यो अभियान चलिरहने आले ले जानकारी दिनु भएको छ ।

Comments

Leave a comment