१४ भदौ, हेटौंडा । हेटौंडामा प्रदेश स्तरीय कृषि  थोक बजारको निर्माणका लागि बागमती प्रदेश सरकारको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिका बीच सम्झौता भएको छ ।

सम्झौतामा  ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त बजार निर्माणका लागि ७० प्रतिशत रकम बागमती प्रदेश सरकार र ३० प्रतिशत हेटौंडा उपमहानगरपालिकाले ब्यहोर्ने भएको  । सम्झौतामा उपमहानगरका मेयर हरिबहादुर महत र निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले हस्ताक्षर गरेका छन् ।

। यो बजारलाई किसानले उत्पादन गरेका कृषि तरकारी, फलफूल संकलन र बिक्री गर्ने केन्द्रको रुपमा विकास गर्ने मेयर महतले बताए ।

निर्देशनालयका निर्देशक प्रधानले कृषि केन्द्र निर्माणका लागि तत्काल ग्लोवल ठेक्कामा गएर काम सुरु गर्नका लागि तयार रहेको बताए । हेटौंडा ११ थानाभर्‍याङमा उपमहानगरको स्वामित्वमा रहेको डेढ बिघा जग्गामा बजार निर्माण हुनेछ ।

 

Comments

Leave a comment